नेपालको पर्यटक बसले ठक्कर दिँदा पाँच भारतीयको मृत्यु

१७ चैत ७५, आइतबार
Share this
755shares

एजेन्सी, चैत १७
भारतको उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेलीमा नेपालबाट गएको एक पर्यटक बसको ठक्करबाट पाँच भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा पाँचको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

Advertisement

दुर्घटनामा नेपालबाट गएका केही यात्रुसमेत घाइते भएका छन् । भारतीय प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । चालकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै चालकविरुद्ध फस्ट इन्फर्मेसन रिपोर्ट दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top