लाखौँको यौनबद्र्धक औषधिसहित झापाबाट ४ जना पक्राउ

विराटनगर, चैत १७
लाखौँ रुपैयाँ मूल्य बराबरको यौनबद्र्धक औषधिसहित प्रहरीले चार जनालाई झापाबाट नियन्त्रणमा लिएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिका १ कुटीबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

औषधिमा संलग्न बाह्रदशी गाउँपालिका–४ का २२ वर्षीय इतियाज आलम, सोही ठाउँका २४ वर्षीय सम्दान हुसेन, २८ वर्षीय ताहिर आलम र भारत जङ्पुरी घर भई हाल वौद्ध–१ काठमाडौँ जोरपाटीका ३२ वर्षीय फुन्चोक लामालाई औषधि बोक्न प्रयोग गरिएको भ्यानसहित मे६प १०१६ नम्बरको र भारतीय वीआर ३७ जी १४४० को मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्लाका प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले जनाए ।

बरामद गरिएका औषधिमा बे्रष्ट्रिम तेल, ओरल मैक्स,स्प्रे,एमाग्रा,फोरडिम लगायतका यौनबर्धक औषधि अन्दाजी २२ लाख रुपैयाँ मूल्य बराबरको रहेको एसपी मैनालीले जनाए ।

अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुनमा रहेको विभिन्न ब्राण्डका यौनबर्धक आयूवेर्दिक औषधि नियन्त्रणमा लिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

मे१च ४०६३ नम्बरको मारुती भ्यानमा औषधि राखेर बिर्तामोडतर्फ ल्याइँदै गरेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीले जाँचका क्रममा नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठको भनाई छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top