Nepal Times
Nepal Times
3
Shares

ओखलढुङ्गा दुर्घटना अपडेट : मृत्यु हुने ६ जनाकै सनाखत

ओखलढुङ्गा दुर्घटना अपडेट : मृत्यु हुने ६ जनाकै सनाखत

ओखलढुंगा, चैत १७
आज भएको ओखलढुंगामा जीप दुर्घटना ज्यान गुमाउने ६ जनाको सनाखत भएको छ । खोटाङको हलेसीबाट काठमाडौं आउँदै गरेको बा १६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका–७ स्थित भण्डारे खोलामा झरेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा मृत्यु हुनेहरुमा ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाण्डौ बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेका छन् ।

घाइते हुनेहरुको अझै परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनाको कारण अत्याधिक तीब्र गतिले गर्दा भएको हुन सक्ने प्रहरीले अनुमान गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.