ओलम्पिक छनोटमा सहभागिता जनाउन महिला फुटबल टोली म्यानमार प्रस्थान

१७ चैत ७५, आइतबार
Share this
760shares

काठमाडौं,चैत १७
नेपाली महिला राष्ट्रिय फुटबल टोली ओलम्पिक छनोटको दोस्रो चरणमा सहभागिता जनाउन म्यानमारतर्फ प्रस्थान गरेको छ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो ।नेपाली टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बिदाइ गरे ।

Advertisement

हरि खड्काको प्रशिक्षणमा रहेको नेपाली टोलीमा सबै खेलाडी हालै विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा सहभागी खेलाडी छन्। छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा आयोजक म्यानमारसहित नेपाल, भारत र इन्डोनेसिया रहेका छन्। यस समूहबाट शीर्ष एक टोलीमात्र अर्को चरणमा अगाडी बढ्नेछ ।

विराटनगरमा सम्पन्न पाँचौ साफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो ।
नेपालको खेल तालिका :
३ अप्रिल – म्यानमार विरुद्ध नेपाल
६ अप्रिल – नेपाल विरुद्ध भारत
९ अप्रिल – इन्डोनेसिया विरुद्ध नेपाल

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top