नदीले बगाएर बेपत्ता चर्मकार मृत अवस्थामा भेटीए

नदीले बगाएर बेपत्ता चर्मकार मृत अवस्थामा भेटीए

विराटनगर, चैत १९
खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ दुधकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका भरत चर्मकारको शव फेला परेको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ का २५ वर्षिय चर्मकार सोमवार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए ।

नदीले बगाएर बेपत्ता भएका उनलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा मंगलबार दुधकोशी गाउँपालिका–३ स्थित मैङखु बेँसीमा मृत अवस्थामा फेला पारेको जनाइएको छ । शवलाई पोष्टमार्टमका जिल्ला अस्पताल सोलुखुम्बु पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.