विराटनगर, चैत २३
मोरङको बुढिगंगा गाउँपालिकामा चट्याङ्ले लागेर १० वर्षीया बालिका मृत्यु भएको छ ।शनिबार दिउँसो पौने २ बजे घर नजिकै रहेको बारीमा गाईवस्तु फुकाउन जाने क्रममा चट्याङ्ले लागेर बुढीगंगा गाउँपालिका–३ की आरधना राजवंशी गम्भीर घाइते भएकी थिईन् ।
चट्याङ लागेर घाइते भएकी बालिकालाई उपचारको लागि बिराट मेडिकल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।