क्याम्पसहरूको लापरबाही : ४२ कलेजका ३९१ मेडिकल विद्यार्थीले परीक्षा दिन नपाउने

क्याम्पसहरूको लापरबाही : ४२ कलेजका ३९१ मेडिकल विद्यार्थीले परीक्षा दिन नपाउने

काठमाडौं : पोखरा विश्वविद्यालय र निजी क्याम्पसहरूको लापरबाहीले ४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका छन्। विश्वविद्यालय र कलेजले फरक फरक मापदण्डका आधारमा विद्यार्थी भर्ना गरेपछि ३९१ जनाले रजिस्ट्रेसन नम्बर पाएका छैनन्।

रजिस्ट्रेसन कायम नभए विद्यार्थीले परीक्षा दिन पाउँदैनन्। विश्वविद्यालयले सम्बन्धन दिएका ४२ निजी कलेजमा ६ महिनाअघि व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा भर्ना भएर पढिरहेका विद्यार्थीले परीक्षा नि नपाउने भएका हुन्।

विश्वविद्यालयको पछिल्लो प्राज्ञ परिषद् बैठकले समेत ती विद्यार्थीबारे निर्णय लिन सकेन। उक्त संकायमा भर्ना हुन विश्वविद्यालयले प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड बनाएको थियो तर कलेजहरूले ग्रेडसिटमा कुल ‘सी’ ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना लिएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.