२१ असोज , काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएकामा तीनजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारी ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् भने ओखलढुङ्गा, सल्यान, बागलुङ र प्यूठानमा पहिरोका घटना ।

धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागीका घटना भएका छन् भने बर्दियामा हावाहुरी तथा कैलाली र कास्कीमा चट्याङका घटना भएको प्राधिकरणको भनाइ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टाका विपद्का घटनाबाट करिब ५० लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति ।

मौसममा आएको परिवर्तनसँगै विभिन्न स्थानमा विपद्का घटना दोहोरिन सक्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन प्राधिकरणको आग्रह ।



