पशुपतिमा गैरहिन्दु प्रवेशःसुरक्षाकर्मीलाई कारबाहीदेखि छानबिनसम्म

२१ असोज ८३, बुधबार
Share this
721shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

पशुपतिनाथ मन्दिरमा गैरहिन्दु जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनायो ।

असोज १९ गते एक युवा जोडीले आफू गैरहिन्दु भएको जनाउँदै मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो।

Advertisement

असोज २० गते बसेको कोषको कार्यसम्पादन समितिको आकस्मिक बैठकले घटनाबारे पाँचवटा निर्णय गर्याे ।

घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग पत्राचार गर्ने निर्णय ।

Advertisement

त्यस्तै, मन्दिरमा सुरक्षा व्यवस्थापनमा कमजोरी भए–नभएको छानबिन गर्न कोषका परिषद् सदस्य रामशोभित नायकको संयोजकत्वमा समिति गठन ।

समितिले घटनाको सत्यतथ्य पत्ता लगाई सुरक्षा व्यवस्थासहितको प्रतिवेदन पेस गर्ने ।

कोषले पशुपति क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्ने जनाएको छ।

घटनाका क्रममा खटिएका कोषका कर्मचारी तथा सुरक्षाकर्मीबाट कमजोरी भएको पाइएमा आवश्यक कारबाही गर्ने निर्णय ।

घटनाबाट भएको कमजोरीप्रति कोषले क्षमायाचना गर्दै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्दै भक्तजन, तीर्थयात्री, पर्यटक तथा आमनागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता जनायो।

गैरहिन्दु प्रवेश निषेध गरिएको धार्मिक क्षेत्रभित्र उनीहरू कसरी प्रवेश गरे भन्दै राप्रपा नेतृ खुश्बु ओलीले उठाइन प्रश्न ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top