भालुको पित्त र हात्तीको दाह्रासहित ३ जना पक्राउ

२१ असोज ८३, बुधबार
Share this
732shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित प्रहरीद्वारा काठमाडौं र सिन्धुलीबाट तीनजनालाई पक्राउ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी तथा हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गर्याे ।

Advertisement

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार चौधरीलाई काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरिएको हो भने उनको साथबाट १४० ग्राम तौलको भालुको पित्त एक थान बरामद ।

त्यस्तै, माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरूको साथबाट प्रहरीले ६ किलोग्राम तौलको हात्तीको दाह्रा बरामद गरिएको राणाले दिए जानकारी ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top