२१ असोज , काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुशार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड स्टर्लिङ, कुवेती दिनार र बहराइन दिनारसहित सबैजसो प्रमुख विदेशी मुद्राको मूल्य बढ्यो ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा तोकियो ।

त्यस्तै, आज युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा छ भने पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा तोकिए ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा पुगेको छ भने कुवेती दिनारको खरिददर ४९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ६४ पैसा कायम ।

बहराइन दिनार एकको खरिददर ४०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१० रुपैयाँ निर्धारण भएको राष्ट्र बैंकको भनाइ ।



