डिएफसी मोरङले वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

डिएफसी मोरङले वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

पांचथर, चैत्र २४

डिएफसी मोरङले वाई वाई तेस्रो पाँचथर गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा मिसन युनाइटेड ताप्लेजुङलाई ६—१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङले विजयी सुरुवात गरेको हो । फिदिम माविको खेल मैदानमा अर्मानले ह्याट्रिकसहित ४ गोल गरेपछि मोरङले फराकिलो जित निकालेको हो । यस्तै मोरङका हेमन्त थापा मगर र संजोक राईले एक एक गोल गरे । ताप्लेजुङका सन्त लिम्बुले एक गोल फर्काए । खेलमा म्यान अफ दि म्याच घोषित भएका अर्मानले पाँच हजार नगद प्राप्त गरे । शनिबार तय भएपनि बर्षाको कारण मिसन युनाइटेड र डिएफसीबीचको खेल आइतबार खेलाईएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.