एनआइसी एसिया बैंकले ल्यायो चमत्कारिक बचत खाता

२४ चैत ७५, आइतबार
Share this
757shares

विराटनगर, चैत २४
एनआइसी एसिया बैंकले १५ वटा चमत्कारिक बचत निक्षेप योजना सार्वजनिक गरेको छ । विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै एनआइसि एसिया बैंक १ नम्बर प्रदेशले अतुलनीय विशेषतासहित योजना सार्वजनिक गरेको हो ।

Advertisement

सार्वजनिक योजनामा चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनाली बचत खाता, चमत्कारिक विद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुमा केन्द्रीत गरी चमत्कारिक तलब बचत खाता रहेको बैंकका प्रदेश प्रमुख लक्ष्मण चालिसेले बताए ।

Advertisement

चालिसेका अनुसार १ नम्बर प्रदेशमा उक्त बैंकले १८ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने २८ अर्ब २० करोड लगानी गरेको छ । प्रदेशभरीमा ३ लाख २ हजार ग्राहक रहेको बैंकका ५२ वटा शाखा, ४ वटा एक्स्टेन्सन शाखा, ८ वटा शाखा रहित बैंकिङ सेवा, ६४ वटा एटिएम र प्रदेशका ११ जिल्लामा बैंक पुगेको चालिसेको भनाइ छ । मुलुकभर २ सय ८१ वटा शाखा रहेको उक्त बैंकको १५ लाख ग्राहक रहेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top