११ वर्षपछि निगमको जहाजले जापान उडान गर्दै

२६ चैत ७५, मंगलबार
Share this
701shares

काठमाडौं : नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताउनु भयो ।

Advertisement

सहप्रवक्ता कोइरालाले भन्नु भयो, ‘अब अपरेटिङ परमिट पाएसँगै जुलाईबाट उडान हुने निश्चित भएको हो ।’ ४५ दिनमा नै अपरेटिङ परिमिट पाउने भए पनि विमानस्थलको निमार्ण कार्य भइरहेको भएकाले उडान ढिला हुने भएको निगमको जापानका लागि स्टेसन म्यानेजर सन्तोष पाण्डले बताउनु भयो ।

पाण्डको अनुसार जापान उडानको पहिलो यात्रा नेपाल एयरलाइन्सले जुलाई ४ तारिखमा गर्ने भएको छ । यो समाचार दीपेन्द्र थापाले नेपाल समाचारपत्रमा लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top