एकै परिवारका चार भाइ चोरीधन्दामा

काठमाडौं : उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।

Advertisement

उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् । उमेश, प्रेम, रमेश र लालबहादुर सहोदर दाजुभाइ हुन् । परिसरका प्रवक्ता डिएपी होविन्द्र बोगटीले एकै परिवारका चार भाइ संगठित रुपमा चोरी ठगी धन्दामा संलग्न रहेको पाइएको बताए ।

उनले भने, ‘चोरी कार्यमा एकै परिवारको चार भाइ संलग्न रहेको पाइयो । जसमध्ये दुई जना हाम्रो हिरासतमा छन् । एक सेन्टर जेलमा छन् । एक भने भर्खरै जेलबाट छुटेर गाउँ गएका छन् । उनीहरुले उपत्यकाभित्र संगठित भएर चोरी गर्ने गरेको पाइयो ।’ यो समाचार आजको bमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top