आईपीएल : दिल्लीसँग हैदरावादको नाटकीय हार,जितसँगै दिल्ली दोस्रो स्थानमा

एजेन्सी, बैशाख २
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटल्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।आईतबार राती हैदरावादको घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न प्रतियोगिताको ३० औं खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

१ सय ५६ रनको लक्ष्य पक्ष्याएको हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएपछि १ सय १६ रनमा समेटियो । कुनै समय १५ ओभरमा १०० बनाउँदै २ विकेट गुमाएको अवस्थामा रहेको हैदरावादले अन्तिम १६ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार ब्यहोरेको हो ।

हैदरावादका लागि ओपनर डेविड वार्नरले ४७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ बनाए । वार्नर १७ ओभरको दोस्रो बलमा कागीसो रबडाको बलमा श्रेयस ऐयरबाट क्याच आउट भएपछि दिल्लीले हैदरावादलाई दबाबमा राख्न सक्यो।

Advertisement

हैदरावादका लागि ओपनर जोनी बेयरस्ट्रो र डेविड वार्नरले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । किमो पलले कागीसो रबडाबाट क्याच गराउनु अघि बेयरस्ट्रोले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४१ रनको योगदान दिए । पललेनै रवडाबाट १२ ओभरको चौथो बलमा कप्तान केन विलियम्सनलाई ३ रनमा आउट गरे । १६ औं ओभरको दोस्रो बलमा रिकी भुईलाई पलनै ७ रनमा क्याच आउट गराएपछि हैदरावादको निरन्तर विकेट गुम्न पुग्यो । दिल्लीको जितमा कागीसो रबाडाले ३।५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै क्रिस मोरिस र किमो पलको नाममा समान ३ विकेट रह्यो ।

Advertisement

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाउन सफल भयो । दिल्लीका लागि कप्तान ऐयरले ४५ बलमा ५ चौका सहित सर्वाधिक ४५ रनको योगदान दिए । कोलिन मुनरोले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० र विकेटकीपर ऋषभ पन्तले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर पृथ्वी शा ४ र शिखर धवन ७ रनमा आउट भए ।

दोस्रो ओभरको पाँचौ बलमा खलिल अहमदले ओपनर शालाई क्याच गराए । चौथो ओभरको दोस्रो बलमा अहमदले भुवनेश्वर कुमारबाट क्याच गराउँदै धवनलाई पेभिलिएन फर्काउदै दिल्लीलाई दवावमा राखे । ८ औं ओभरको अन्तिम बलमा अभिषेक शर्माले मुनरोलाई विकेटकीपर जोनी बेयस्ट्रोबाट क्याच गराएपछि दिल्ली थप दवावमा परेको थियो ।

१६ ओभरको पाँचौ बलमा ऐयर र १७ ओभरको दोस्रो बलमा पन्त क्याच आउट भएपछि दिल्ली सस्तैमा समेटिएको थियो । तल्लोक्रमका क्रिस मोरिस ४ रनमा आउट भएका थिए भने अक्षर पटेल १४ रनमा अविजित रहे । हैदरावादका लागि खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर ३, भुवनेश्कर कुमारले २,राशिद खान र अभिषेक शर्माले समान १ विकेट हात पारे ।

दिल्लीले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भने लगातार दोस्रो खेलमा विश्राम दिएको छ ।यो जितसँगै दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top