आईपीएलको इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा सन्दीप

३ बैशाख ७६, मंगलबार
Share this
770shares

एजेन्सी, बैशाख ३
इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् ।दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप सो अवार्डको मनोनयनमा परेका हुन् ।

Advertisement

हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने सो अवार्डको लागि यस सिजनमा इमरर्जिङ प्लेयर अवार्डमा सन्दीप सहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर,राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् ।

यी पाँच खेलाडीको लागि आईपीएलले भोटिङ खुल्ला भएको छ । सबैभन्दा बढी भोट ल्याउने खेलाडिले अवार्ड जित्ने छ । आफुलाई मनपर्ने खेलाडिलाई आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत वर्ष यो अवार्ड ऋषभ पन्तले पाएका थिए ।

Advertisement

भोट गर्न यहाँ क्लिक गर्नुहोस्

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top