‘ए मेरो हजुर ३’ ले कमायो ४ दिनमै ४ करोड

‘ए मेरो हजुर ३’ ले कमायो ४ दिनमै ४ करोड

काठमाडौँ, बैशाख ३
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रु ‘ए मेरो हजुर ३’ ले चार दिनमा ४ करोड १ लाख कमाएको छ ।  २०७५ सालको अन्तिम शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले नयाँ वर्ष र विदाको दिनमा राम्रो कारोबार गरेको छ ।

चलचित्रले सोमबारसम्ममा गरेको काराबारको रिपोर्ट मङ्गलबार्र सार्वजनिक गरिएको हो । चलचित्रका वितरक मनोज राठीका अनुसार शुक्रबार ७५ लाख, सनिबार १ करोड १४ लाख र आइतबार १ करोड ५० लाख गरी विकेण्ड कलेक्सन ३ करोड ३९ लाखको व्यापार गरेको छ । यसैगरी ,सोमबार ६२ लाखको कारोबार गरेको छ । ओपनिङमै राम्रो सुरुवात गरेको चलचित्रले नयाँ वर्ष र बिदाको मात्र साथ पाएन सोमबार मङ्गलबार पनि दर्शकको फ्लो उत्तिकै पायो ।

झरना थापाको निर्देशनमा बनेको दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसी र साथमा निर्देशक थापाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहेको छ । साङ्गितिक प्रेम कथामा आधारित चलचित्रलाई दर्शकले मन पराएसँगै डेब्यु नायिका सुहानाको भविष्य चलचित्र क्षेत्रमा चम्किने आशा पनि पलाएको छ । सुनिल कुमार थापाले निर्माण गरेका सो चलचित्रमा अनमोल केसीको डबल रोल रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.