विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु

३ बैशाख ७६, बुधबार

विराटनगर, बैशाख ४
विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर विराटनगरमा एक जनाको ज्यान गएको छ ।विराटनगरमा रहेको जिल्ला सरकारी वकिल कार्यालय नजिकै निर्माणाधिन सडकको पोलमा मंगलबार तार जाड्दै गर्दा करेन्ट लागेर पर्साको सखुवापर्सेनी गाउँपालिका–१ का भोजराज दुलालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

विद्युत प्रधिकरणलाई लाइन काट्न लगाएर मजदुर तार जोड्दै गर्दा करिब ३ बजे एक्कासी करेण्ट प्रवाह भएपछि लागेको करेन्टले उनी घाईते भएका थिए ।उनको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनी आशिष कन्ष्ट्रक्सनको पेटी ठेकेदार कर्मचारी रहेको मोरङ प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top