काठमाडौँ, बैशाख ६
चलचित्र ‘जात्रैजात्रा’ को पोस्टर रिलिज भएको छ । पछिल्लो समय नेपाली चलचित्र नगरीमा नाम चलेका र छुट्टै हाइप बनाएका कलाकारहरु लिएर बनाइएको सो चलचित्रको शुक्रबार पोस्टर रिलिज गरिएको हो ।
मुख्य भूमिकामा रहेका कलाकारहरु कसैलाई नछुटाइ रमाइलो खालको पोस्टर रिलिज गरिएको छ ।सार्वजनिक गरिएको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही निहालिरहेका छन् भने सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेललगायत कलाकारहरु आ–आफ्नै धुनमा देखिन्छन् ।

जेठ ३ गते प्रदर्शनको मिती तोकिएको सो चलचित्रको एक गीत सार्वजनिक गरिसकिएको छ भने चलचित्रको ट्रेलर र अर्को गीत पनि रिलिज हुने तयारीमा छन् । रिलिज भएको गीत ‘माया पिरिम’ ले राम्रो प्रतिकृया समेत पाएको छ । प्रदिप भट्टराइको निर्देशन रहेको चलचित्रलाई यज्ञश्वर पौडेल र सिंगे लामाले संयुक्त लगानी गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।
मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले लेखेको कथामा बनेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।









