×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

टि–२० इन्टर स्कुल मेयर कप क्रिकेटमा न्यूमुन र डिपिएस विजयी

५ माघ २०७४

किशोर विश्वकर्मा
विराटनगर, माघ ५
विराटनगरमा जारी अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा न्यूमुन र दिल्ली पब्लिक स्कुल विराटनगर विजयी भएका छन् ।

दिल्ली पब्लिक स्कुलको खेलमैदानमा विराट क्रिकेट सोसाइटीको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा न्यूमुन र दोस्रो खेलमा दिल्ली पब्लिक स्कुल विजयी भएका हुन् ।

Advertisement
Advertisement

प्रतियोगिता अन्तर्गत न्यूमुन र सेन्टजोसेफ स्कुलबिच शुक्रबार भएको पहिलो खेलमा न्यूमुन १ रनले विजयी भएको छ । टस जितेर पहिले व्याटिङ गरेको न्यूमुनले निर्धारीत १८ ओभरको खेलमा १ सय ३३ रन बनाएको थियो ।

न्यूमुनका लागि अजरत आलम र आनन्द साहले समान २६÷२६ रनको योगदान दिए । सेन्टजोसेफका लागि मोहित अटलले १ विकेट लिए । १ सय ३४ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको सेन्टजोसेफले पुरै ओभर खेलेर १ सय ३२ रनमात्र बनाउन सक्यो ।

सेन्टजोसेफका लागि मोहित अटलले २९ र लेबेन राईले २२ रनको योगदान दिए । न्यूमुनका लागि गुड्डु आलमले ४ विकेट लिए । खेलको म्यान अफ द म्याच सेन्टजोसेफका गुड्डु आलम घोषित भए ।

त्यस्तै शुक्रबारनै दिल्ली पब्लिक र जेम्स इन्टरनेशनल स्कुलबित भएको दोस्रो खेलमा दिल्ली पब्लिक १ सय ५ रनले विजयी भएको छ ।

सोही मैदानमा भएको खेलमा टस जितेर व्याटिङ गरेको दिल्ली पब्लिक स्कुलले निर्धारीत २० ओभरको खेलमा १ सय ६५ रनको विशाल योगफल तयार पारेको थियो । दिल्ली पब्लिकका लागि उदय यादवले ४३, अमन आजादले ४२ र तनवीर कर्णले १७ रन बनाएका थिए ।

Advertisement
Advertisement

१ सय ६६ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको जेम्स इन्टरनेशनल ६० रनमै अल आउट भयो । उसका लागि प्रवीण श्रेष्णले १८ र धिरज शाहले १४ रनको योगदान दिए पनि अन्य व्याट्स्म्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन् । दिल्ली पब्लिकका लागि ऋषि महेश्वरीले सर्वाधीक ४ विकेट लिए । खेलको म्यानज अफ द म्याच दिल्ली पब्लिकका उदय यादव घोषित भए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top