श्रीलंकाको चर्च र होटलमा विष्फोटःकम्तीमा एक सय बढीको मृत्यु, सय बढी घाइते

श्रीलंकाको चर्च र होटलमा विष्फोटःकम्तीमा एक सय बढीको मृत्यु, सय बढी घाइते

एजेन्सी, बैशाख ८
श्रीलंकामा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा विस्फोट भएका छन् । विस्फोटमा परी सय जनाको मृत्यु भएको छ भने एकसय सयभन्दा बढी घाईते भएका छन ।

श्रीलंकाली सञ्चारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो ।

इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।

कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.