जय किशन बस्नेतको चलचित्र ‘हिरो नम्बर वान’ छायांकनमा

८ बैशाख ७६, सोमबार

काठमाडौं, बैशाख ८
कलाकार तथा निर्देशक जयकिशान बस्नेतको ‘हिरो नम्बर वान’को छायांकन शुक्रबार सुरु भएको छ । जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा लेखन, निर्देशन तथा निर्माण कलाकार जयकिशनकै रहने छ ।

Advertisement

जाहन्वी बस्नेत र ब्रबिम बस्नेतले प्रस्तुत गर्ने ‘हिरो नम्बर वान’ चलचित्रमा द्वन्द्व शंकर महर्जन, श्रृंगार रबि केसी, गीत मधु न्यौपाने, संगीत ताराबिर पाण्डे र हरि थापा, नृत्य राम्जी लामीछानेको रहेने छ ।

त्यस्तै, कार्यकारी निर्माता मदन रताम्रकार रहने छन् भने रामजी राउत र ञनकुमार कट्टेल मुख्य सहायक पनिर्देशक रहने छन् । चलचित्रमा विनोद सापकोटाको छायांकन रहने छ भने तारा थापा किम्भेको सम्पादन रहने छ ।

Advertisement

यस चलचित्रमा कलाकारहरु जय किशनका साथ एलीना रायमाझी, राजीबजंग बस्नेत, जाहन्वी बस्नेत, टार्जन, शोभित बस्नेत, यत्तलम केसी, संद्धरत्न महर्जन, माया तामाङ, मलन ताम्राकार, आशिश क्षेत्री, आरोही श्रेष्ठ, निशान चिलसवाल, रामजी रायत, पूविण अधिकारी, सन्तोष श्रेष्ठ, चन्दन आर्गेजा, शुभेच्छा थापा, राजु गिरी, सावित्रा चिलुवाल, बिनोद ठाकुर, गणेश केसी, अनिक लामा, रोशन मगर, लय संग्रौला, बखत बिष्ट, प्रतिभा बिष्ट, ञन कुमार कटटेललगायत रहने छन् ।

चलचित्र ‘हिरो नम्बर वान’ काठमाडौं, दामन, कुलेखानी, मनाङ, मुस्ताङ, दोलखा, पोखरालगायतका रमणीय स्थलमा छायांकन हुने कलाकार, निर्देशक तथा निर्माता जय किशनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top