धोनीको विष्फोटक ब्याटिङका बाबजुद बेंगलोरसँग चेन्नई १ रनले पराजित

एजेन्सी, बैशाख ९
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित हात पारेको छ ।

आईतबार बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियमा १ सय ६२ रनको लक्ष्य पछ्पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा जितको लागि २६ रन चाहिएको थियो । महेन्द्र सिंह धोनीले ३ छक्का र १ चौका सहित २४ रन मात्र बटुल्न सके ।

उमेश यावदलाई पहिलो बलमा चौका,दोस्रो र तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा दुई रन लिए । पाँचौ बलमा धोनीले छक्का प्रहार गरे । अन्तिम बलमा रन लिने क्रममा सार्दुल ठाकुर रन आउट भएपछि चेन्नई पराजित हुन पुगेको हो । धोनी ४८ बलमा ७ छक्का र ५चौका प्रहार गर्दै ८४ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् ।

Advertisement

चेन्नईको सुरुवात खराव रह्यो । पहिलो ओभरको पाँचौ बलमा डेल स्टेनले शेन वाटशनलाई मार्कस स्टोइनिसबाट ५ रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा स्टेनले सुरेश रैनालाई शून्यमा बोल्ड आउट गरे । फाफ डु प्लेसिसलाई उमेश यादवले एवी डी भिलियर्सबाट ५ रनमा क्याच गराए । छैटौं ओभरको पाँचौ बलमा यादवले केदार जाधवलाई ९ रनका क्याच आउट गराएपछि चेन्नई २८(४ को कमजोर अवस्थामा पुगेको थियो ।

Advertisement

आम्बाती रायुडु र महेन्द्र सिंह धोनीले ५५ रनको साझेदारी गर्दै चेन्नईको संकट टारे । १४ ओभरको पहिलो बलमा युजबेन्द्र चाहलले रायुडुलाई बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । रायुडुले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा आउट भए । रविन्द्र जडेजा ११ र ड्वेन ब्राभो ५ रनमा आउट भए । बेंगलोरका डेल स्टेन र यादवले समान दुई विकेट लिए । त्यस्तै नन्दीप सैनी र युजवेन्द्र चाहलले समान एक विकेट हात पारे ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । बेंगलोरका लागि ओपनर पार्थिव पटेलले ५३ रनको योगदान दिए । १६ ओभरको चौथो बलमा ड्वेन ब्राभोले शेन वाटशनबाट क्याच आउट गराउनु अघि पटेलले ३७ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।

तेस्रो ओभरको तेस्रो बलमा दिपक चाहरले कप्तान महेन्द्रसिंह धोनीबाट विराट कोहलीलाई ९ रनमा क्याच आउट भए । सातौ ओभरको पाँचौ बलमा रविन्द्र जडेजाले फाफ डु प्लेसिसबाट बाउन्ड्री लाईन नजिकै एवी डी भिलियर्सलाई २५ रनमा उत्कृष्ट क्याच आउट गराए । डी भिलियर्सले १९ बलमा ३ चौका र १ छक्का प्रहर गरे ।

अक्षदीप नाथ २४,मार्कस स्टोइनिस १४ र पवन नेगीले ५ रनमा आउट भए । मोईन अलीले १६ बलमा ५ चौका सहित २६ रन बटुले । चेन्नईका रविन्द्र जडेजा, ड्वेन ब्राभो र दिपक चाहरले समान २ तथा इमरान ताहिरले १ विकेट लिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top