×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ७ हजारअनलाइन सट्टेबा जी एप र वेबसाइट बन्द गरायो || Nepal Times
Apr 05, 2026
Playing
अब कार्यालय समय ९ देखि ५ बजेसम्म, सातामा २ दिन बिदा|| Nepal Times
Apr 05, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध उत्रिए कर्ण शाक्य , मागे मुआब्जा || Nepal Times
Apr 05, 2026
Playing
Top 15 Afternoon News || April-05-2026 || Nepal Times
Apr 05, 2026
Playing
Iran मा हराइरहेका अमेरिकी सैनिकको उद्धार, अमेरिकी विमान खसा लेको Iranको दाबी || Nepal Times
Apr 05, 2026
Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026

कांग्रेस बैठक: ‘सभापति हुँ भन्दैमा धम्क्याउने ?’

६ माघ २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । सिंहले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर देउवाले केही दिनअघि अनौपचारिक बैठकमा अनुशासनको कारबाहीको चेतावनी दिएपछि सिंह बैठकमै आक्रामक बनेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

‘पार्टी सभापति हुँदैमा हप्काउने, धम्क्याउने र कारबाही गर्ने धम्की दिने ? हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका व्यक्ति हौं । तपार्इंले कारबाही गर्ने भन्दैमा डराउने कुरै छैन,’ बैठकमा सिंहले भने, ‘कसले कारबाही गर्ने ? ल कारबाही गरेर देखाउनुहोस् ।’ सिंहले देउवा सिंगो पार्टीको सभापति बन्न नसकेको, केही व्यक्ति र समूहको मात्रै सभापति बनेको आरोपसमेत लगाए । ‘सीमित मान्छेलाई राखेर पार्टी चलाउने अनि कारबाहीको धम्की दिने ?,’ बैठकमा सभापतिप्रति सबैभन्दा आक्रामक देखिएका सिंहले विधि र विधानविपरीत पार्टी सञ्चालन गर्दाको परिणाम नै निर्वाचनमा पार्टी पराजित हुनुपरेको बताएका थिए ।

Advertisement

समानुपातिक सांसदको सूची बुझाउँदा पार्टी सभापतिले नै केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गरेको सिंहको आरोप थियो । केन्द्रीय कार्यसमिति बैठकले सुजाता कोइरालाबाहेक समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने निर्णय लिएको थियो । स्वास्थ्यका कारण प्रत्यक्षमा चुनाव लड्न नसक्ने भएपछि कोइरालालाई समानुपातिकमा राख्न केन्द्रीय कार्यसमितिको बैठकले ‘अपवाद’ मानेको थियो । तर, सभापति देउवाले एकपटक मात्रै नभएर दुई पटकसम्म समानुपातिक सांसद भएकालाई समेत सूचीमा राखेको भन्दै सिंहले कडा विरोध गरे ।

यो मुद्दामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका सदस्यले समेत बैठकमा कडा विरोध गरेका छन् । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा देउवाले आफ्ना पक्षका आधा दर्जन बढीलाई दोहोर्‍याउन चाहेका छन् ।

‘केन्द्रीय कार्यसमितिको निर्णय उल्लंघन गर्ने अधिकार तपार्इंलाई कसले दियो ?,’ सिंहको प्रश्न थियो, ‘तपाईलाई मैले भोट दिइन होला तर तपार्इं हाम्रो पनि सभापति हो । तपाईं एउटा समूहको मात्रै होइन, सबैको सभापति हुनुपर्छ ।’ उनले विधानविपरीत बनाइएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन गर्नुपर्ने माग दोहोर्‍याए । पौडेल पक्षले यी दुई समितिमा विधानको व्यवस्थाविपरीत जम्बो समिति बनाएको भन्दै विघटनको माग गर्दै आएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा रहेका मध्येबाटै पदाधिकारी बनाउने गरी बढी मनोनीत गरिएको तर्क दिइए पनि प्रवक्ता बाहिरबाटै बनाइएको भन्दै सभापतिले विधान मिचेको आरोप पौडेल पक्षीय सदस्यले लगाएका छन् । दुई समिति नै विधानविपरीत भएको भन्दै नेता शेखर कोइरालाले संसदीय समितिमा आफू नरहेको घोषणा बैठकमा गरेका थिए । कोइरालालाई केन्द्रीय कार्यसम्पादन समितिमा नल्याई संसदीय समितिमा राखिएको थियो । ‘विधानविपरीत गठन भएको ठहर भएपछि म आजैबाट यो समितिमा नभएको जानकारी गराउँछु,’ कोइरालाले भने । उनले संस्थागत र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नै पार्टीले निर्वाचनमा हार बेहोरेको बताएका थिए ।

केन्द्रीय सदस्य बलबहादुर केसीले पनि विधानविपरीतका दुवै समिति भंग गर्न माग गरे । देउवानिकट सदस्यले भने वरिष्ठ नेता पौडेलको सहमतिमै दुवै समिति बनाइएको भन्दै देउवाको प्रतिरक्षा गरेका थिए । ‘रामचन्द्र पौडेलले भन्दैमा सभापतिले विधान मिच्न पाइन्छ ?,’ केसीको भनाइ थियो, ‘विधानविपरीतका यी दुवै समिति तत्काल भंग गर्नुपर्छ ।’ केन्द्रीय सदस्य जीवन परियारले नेतृत्वले यही ढंगले पार्टी सञ्चालन गर्ने हो भने कांग्रेसलाई लोकतान्त्रिक पार्टीको परिचय दिन पनि समस्या पर्ने बताए । ‘पार्टी जुन विधि र प्रक्रियाबाट सञ्चालन भइरहेको छ, यसैका कारण कमजोर बन्दैछ,’ उनले भने, ‘पार्टी सञ्चालनको कार्यशैली र विधि प्रक्रियासम्मत हुन सकेन ।’

बैठकमा केन्द्रीय सदस्य गगन थापाले पहिलो पुस्ताका नेतालाई अब विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरे । उनले अब पनि पहिलो पुस्तालाई नेतत्वमा राख्नु भनेको उहाँहरुका लागि पनि अन्याय हुने भन्दै विश्राम लिन आग्रह गरेका हुन । उनले निर्वाचन समीक्षाका लागि महासमिति र ‘अर्ली महाधिवेशन’ को माग पनि बैठकमा राखेका थिए ।

Advertisement

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top