काठमाडौँ, बैशाख ९
करिब दुई वर्ष अघि नेपाली चलचित्र क्षेत्रमा छुट्टै माहोल बनाएको सफल चलचित्र ‘छक्का पन्जा २’ पुनः प्रदर्शनमा आउँदैछ । सो चलचित्र यही बैशाख १३ गतेबाट फेरी प्रदर्शनमा आउन लागेको हो ।चलचित्र प्रदर्शन अगावै युट्युबमा रिलिज नहुने घोषणा गरेको निर्मण टिमले दुइ वर्ष पछी फेरी चलचित्र हलमा प्रदर्शन गर्ने भएको हो ।
बक्स अफिसमा राम्रो कलेक्सन गरेको ‘छक्का पन्जा २’ ले यो पटक चलचित्र प्रदर्शनबाट उठेको रकम संचारकर्मी रवि लामिछानेले बनाइरहेको कालिकोटको अस्पताललाई हस्तान्तरण गर्ने निर्माता दिपकराज गिरीले बताएका छन् । वैशाख १३ गते यो चलचित्र रि–रिलिज भएपछी नहेरेका दर्शक हलसम्म पुग्छन् भन्ने अनुमान छ ।









