वृद्ध भत्ता बढाउने ओलीको घोषणा, एक हजार बढ्ने !

काठमाडौं ,बैशाख ९

Advertisement

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षको बजेट मार्फत वृद्ध भत्ता वृद्धि गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वृद्ध भत्ता बढाउने सार्वजनिक घोषणा गरेका हुन् । ओलीले आगामी बजेटबाट वृद्ध भत्ताको बाँसुरी बन्द हुने स्पष्ट पार्दै भने –‘एक बर्ष खुब बाँसुरी बज्यो, खुब गीत गाएको सुनियो वृद्ध भत्ता बढेन भनेर, अबको बजेट आएपछि के भन्लान तिनले ? त्यो बाँसुरी पनि सिद्धिन्छ ।’

ओलीले डामाडोल अर्थतन्त्रका कारण चालु आर्थिक बर्षको बजेटमा वृद्ध भत्ता बढाउन नसकिएको पनि दावी गरेका छन् । ‘अर्थतन्त्र साह्रै डामाडोल भएकाले गत बर्ष हामीले जेष्ठ नागरिकहरुको भत्ता वृद्धि गरेका थिएनौं, अन्त्यन्तै नाजुक अवस्थामा अर्थतन्त्रलाई पुर्र्याएइको थियो, त्यसलाई ठिक दिशामा ल्याईपुर्याएका छौं ।’, ओलीले भने ।

Advertisement

उनले चालु आर्थिक बर्षमा ७ प्रतिशत भन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य समेत पुरा हुने अवस्था सृजना भएकोमा खुसी समेत व्यक्त गरे । ‘७ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेका थियौं, त्यो पुरा हुँदैछ, नेपाल अहिले विश्वका तिब्रत्तर आर्थिक वृद्धिदर भएका देशहरुमध्ये पर्छ, यी कामहरु सम्भव भएको कम्युनिष्ट पार्टीको नेतृत्वकै कारणले हो ।’, ओलीले भने ।

उनले मेलम्चीमा ठेकेदार भागेको भए पनि पानी ल्याएरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे । ‘ठेकेदार भाग्यो, मेलम्चीको काम रोकियो, ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन, हामी ल्याएर छाड्छौं ।’, ओलीले भने ।

Advertisement

अर्थ मन्त्रालयले भने आगामी आर्थिक बर्षको बजेट मार्फत वृद्ध भत्ता एक हजार बढाउने गरि प्रारम्भिक छलफल गरिरहेको श्रोतले बतायो । नेपालमा समाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेका छन् । हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क वापत कुल २ हजार पाउँदै आएका छन् । दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top