काठमाडौँ,बैशाख १०
दर्शक श्रोताले अधिक मन पराएको चलचित्र दुई रुपैयाँको गीत ‘कुटुमा कुटुु’ले फेरी अर्को नयाँ रेकर्ड बनाएको छ । सो गीत पहिलो चोटी नेपालको जनसंख्याभन्दा तीन गुणा बढी अर्थात १० करोड भियुअर्स कमाउने नेपाली गीत बनेको छ ।
२०१७ मा रिलिज भएको सो गीत रिलिज भएको २३ महिनामा १० करोड भन्दा धेरैले हेरेका हुन् । गीतमा राजन राज सिवाकोटीको शब्द संगीत र स्वर रहेको छ भने राजनलाई मेलिना राईले साथ दिएकी छिन् ।
गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का सँगै निश्चल बस्नेत, आशिफ शाह र बुद्दी तामाङ फिचर्ड रहेका छन् भने कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।