साढे ३ अर्ब खराब कर्जा उठाउँदै कृषि विकास बैंक, ५१ बिगाहा धितो बेच्दै

११ बैशाख ७६, बिहीबार

काठमाडौं ,बैशाख ११

कृषि विकास बैंकले साढे ३ अर्ब खराब कर्जा उठाउन सुरु गरेको छ । बर्षाैदेखि नउठेर खराब कर्जाका रुपमा रहेको ऋण उठाउन प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए । खराब कर्जाका रुपमा रहेको सो कर्जा उठेसँगै बैंकको वासलातमा व्यापक सुधार आउने प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।

बैंकको ऋण उठाउनका लागि बासुलिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज कम्पनी लिमिटेडको कैलाली जिल्लामा रहेको ५१ बिघा १३ कठ्ठा ६ धुर जग्गा लिलामी हुने भएको छ । कृषि विकास बैंकको ऋण नतिरेपछि जग्गा लिलामी हुने भएको हो ।

कम्पनीले चिनी उद्योग खोल्नका लागि बैंकसँग लिएको ऋण साँवा र ब्याज समेत गरी ३ अर्ब ४६ करोड १ लाख ५३ हजार २ सय ६२ पुगेको छ । सो रकम असुली गर्न ऋण असुली न्यायाधिकरणले २०६७ पौष २८ गते गरेको फैसलाबाट ऋण तिर्न आदेश दिएको थियो ।

तर, कम्पनीले कुनै प्रतिक्रिया नजनाएपछि न्यायाधिकरणले ८ वर्षपछि धितो लिलामी प्रक्रिया अघि बढाएको हो । ऋण असुलीका लागि न्यायाधिकरणले ७ दिने सूचना जारी गरिसकेको छ । सूचनामा निवेदक वादी कृषि विकास बैंक र प्रतिवादी बासुलिङ्ग सुगर एण्ड जनरल लिमिटेड समेत भएको मुद्दा नं ७२/१४८१ अनुसार तोकिएको रकम ७ दिनभित्र असुली शाखामा बुझाउनु भनी उल्लेख छ ।

मुद्दामा प्रमुख प्रतिवादी के ११ कैलाश कोलोनी नयाँ दिल्ली ४८ भारत घर भै कैलाली चुहा गाविस वडा नं ३, हाल चुम्किचुहा नगरपालिका वडा नं ५ विजयनगर बस्ने विजय कुमारगोयललाई मानिएको छ ।

यस्तै, अन्य प्रतिवादीहरुमा अरुण चन्द, शुसिला राणा, हर्कबहादुर चन्द, राजेन्द्रबहादुर चन्द, गणेशदत्त भट्ट र अरुण मल्ल रहेका छन् । कम्पनीको चुम्किचुहा नगरपालिमा रहेको २८ वटा कित्ता लगायत अन्य जमिन लिलामी प्रक्रियामा अघि बढेको हो ।

अदालती आदेश अनुसार पहिले नै जग्गा लिलामी प्रक्रिया अघि बढ्नु पर्ने हो, तर न्ययाधिकरणको ढिला सुस्तीले काम अघि बढेन । हाल जग्गामा केहि मानिसहरुको समेत बसोबास रहेकाले जग्गा लिलामी प्रक्रिया केही असहज बन्ने न्यायाधिकरणका श्रेस्तेदार भेषराज कोइराला बताउँछन् ।

मालपोत कार्यालय कैलालीका अनुसार कित्ता नं. ४९८, ३३७, २७६, ३३८, २७४, २७५, ६६८, ६८७, ४१२, ६९१, १०८, १५२, ४९९, ५०१, ६८६, ६८५, ७१२, ५०३, ११३, ४२३, ५००, ५८५, ५०८, ६८८, ६६५, ५८१, ६५५, र ७१३ जग्गा कम्पनीको नाममा रहेको छ ।

न्यायाधिकरणले जग्गा मूल्याङ्कनको प्रक्रिया अघि बढाइसकेको श्रेस्तेदार कोइरालाले बताउँछन् । ‘पहिले जग्गाको मुल्याङ्कन काम सक्छौं, कारखाना सहित ५१ बिगा जग्गा लिलामी गर्नुपर्ने भएकोले यो किस्ता किस्तामा निकाल्नु पर्ने हुन्छ ।’ श्रेस्तेदार कोइरालाले भने–‘प्रक्रियाको हिसाबमा हामी केहि ढिलो भएका हौं । अब केहि दिनमै जग्गा मुल्याङ्कनको काम अघि बढ्ने छ ।’ कृषि बैंकको ऋण निकै ठूलो आकारको रहेकोले लिलामीमा केहि चुनौति भएको श्रेस्तेदार कोइराला स्वीकार गर्छन् ।

उता, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बासुलिङ्ग कम्पनीसँग ऋण असुली प्रक्रियामै रहेको बताए । ‘ऋणी कम्पनी हाम्रो सम्पर्कमा आइरहेको छ, पछिल्लो समय कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी मोडेल एफडीआई बाट तिर्ने तयारी गरेको छ यसै प्रक्रियाको विषयमा हामी छलफल गरिरहेका छौं’ प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विकासन्युजसँग भने ।

उनका अनुसार कम्पनीले आन्तरिक रुपमा विवाद मिलाई अदालती प्रक्रिया अन्त्य गर्ने प्रयास गरिरहेको छ । यसको लागि कम्पनीले बैंकलाई पत्राचार समेत गरिसकेको छ । कम्पनीले पत्रमा एफडिआई मोडेल(प्रत्यक्ष बैदेशिक लगानी)मा रकम ल्याउन प्रयास भैरहेको उल्लेख गरेको बैंकले जानकारी दिएको छ ।

बासुलिङ्ग कम्पनीसँग ऋण असुलीबारे बैंक व्यवस्थापनले पटक पटक छलफल गरिसकेको छ । मुद्दा अदालती प्रक्रियाबाट अघि बढ्ने भएकाले बैंकले अब कस्तो निर्णय गर्ने भन्ने विषयमा सञ्चालक समितिले छिट्टै निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए । कम्पनीले सञ्चालन गरेको चिनी उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top