नेपालको लगातार दोस्रो जित, मलेसिया ३९ रनले पराजित

११ बैशाख ७६, बिहीबार

एजेन्सी, बैशाख ११
थाईल्यान्डमा जारी एसीसी यू १६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।बुधबार मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले सेमिफाईनल यात्रा बलियो बनाएको छ । १ सय ४२ रनको लक्ष्य पछ्पाएको मलेसिया ३३।२ ओभरमा अल आउट हुँदै १ सय २ रनमा समेटियो ।

मलेसियाका लागि शर्वेन शुरेन्द्रनले ८० बलमा ३ चौका सहित ४६ रनमा अविजित रहन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । सुरेन्द्रनले छैटौं विकेटका लागि वान अहमद असरार्फसँग ५३ रनको साझेदारी गर्दै हारको अन्तर घटाए ।

वान अहमदले ४६ बल १ चौका प्रहार गर्दै १७ रनमा रन आउट भए । कृष्ण कुमार ११,सिद्धार्थ कार्तिक ६,वान मोहम्मद आजम,लोकमान नुर,ऋषच सुकृतले समान १ रनको बटुले । नेपालका लागि रमेश कुर्मी,तिलक राज भण्डारी र प्रसान्त महतले समान २ विकेट लिए ।

त्यस्तै निखिल कुमार सिंह र प्रसान्त सिंहले समान १ विकेट हात पारे । त्यस अघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ३४।५ ओभरमा अल आउट हुँदै १ सय ४१ रनमा समेटियो ।

नेपालका लागि आईश भट्टराईले ४२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाए । दिपक बोहोरा र अर्जुन कुमालले समान १६ रन जोडे । ओपनर कुमाल र बोहोराले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए ।

१० औं ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि बोहोराले २५ बलमा २ चौका प्रहार गरे । त्यस्तै १३ ओभरको अन्तिम बलमा मोहम्मद इमरुल असरार्फले विकेटकीपर वान मोहम्मद आजमबाट स्टम्पिङ आउट गराउनु अघि कुमालले ४७ बलको सामना गर्दै १ चौका प्रहार गरे । कप्तान विशाल बिक्रम केसीले २८ रनको योगदान दिए ।

२३ ओभरको चौथो बलमा सिद्धार्थ कार्तिकले विकेटकीपरवाट स्टम्पिङ आउट गराउनु अघि उनले ३० बलमा २ चौका प्रहार गरे । रोहन दुधराज बिक ८,प्रसान्त महत शुन्य,प्रसान्त सिंह ६ र सुवास ऐर ११ रनमा आउट भए । तिलक राज भण्डारी २ र निखिल कुमार सिंह १२ रनमा आउट भए ।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लोकमान नुर र सचिनुले समान २ लिए । त्यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट हात पारे ।
नेपालले यस अघि पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो समुह चरणको अन्तिम खेल बिहीबार आयोजक थाईल्यान्डसँग खेल्ने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top