प्रदेश सरकारको कामप्रति सत्ता पक्षका सांसद् नै असन्तुष्ट,काम गर्न नसक्नुको आधार र कारण माग

बिराटनगर, बैशाख १२
प्रदेश नं १ को सरकारको काम कारबाहीलाई लिएर सत्ता पक्षका सांसदहरुले नै सरकारप्रति प्रश्न गरेका छन् ।सरकारको समग्र मन्त्रालयको समग्र कामप्रति असन्तुष्टी जनाउँदै संसदहरुले सरकारको काम कारबाही प्रति प्रश्न उठाएका हुन् ।

नेकपाको संसदीय दलको बुधबार बसेको बैठकमा अधिकांश संसदहरुले सरकारले काम गर्न नसक्नुको आधार र कारण सरकारसंग माग गरेका थिए ।उनीहरुले मुख्यतय मुख्यमन्त्रीले सम्हालेका मन्त्रालयमा कामको सामन्जस्यता नमिलेको,मुख्यमन्त्रीले समय दिन नसकेको जस्ता कुरामा प्रश्न गरेका थिए।

नेकपाका प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारीले बैठकमा संसदहरुले कुनै एक मन्त्रालयको भन्दापनि समग्र सरकार र मन्त्रालयलाई जोडेर भएको कामको ढिलाईलाई लिएर सरकारको जवाफ मागेको जानकारी दिए ।‘कुनै मन्त्रालय भन्दापनि समग्र सरकारको काम कार्वाहीप्रति मान्यज्युहरु बाट असन्तुष्टी व्यक्त भयो,प्रमुख सचेतक राजभण्डारीले भने ‘सरकारले गरेको समग्र कामको मुल्याङ्कन गदै सरकारको जवाफ माग्ने काम भयो । ’

बैठकमा मुख्यमन्त्री राई सहित सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामहरुमा कर्मचारीको अभावदेखि संयन्त्रको अभावले सरकारको सोचेजस्तो रुपमा कामले गति लिन नसकेको जवाफ दिएका थिए । मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयसमेत सम्हालदै आएका छन् ।

प्रदेशका मन्त्रीहरुले कर्मचारी व्यवस्थापन र संयन्त्र निर्माणको काम पुरा भएपछि प्रदेश सरकारको कामले गति लिने दाबी गरेका थिए ।बैठकमा सरकारले ल्याएको बृहत विराट क्षेत्र विकास सम्बन्धमा बनेको विधेयकका बारेमा पनि छलफल भएको थियो।

मुख्यमन्त्री राईले विधेयकको बिषय राजधानी सार्नै सन्र्दभसंग नआएकोले यसलाई बिशुद्ध विकाससँग मात्र जोडेर हर्न सुझाव दिएका थिए ।बैठकमा पार्टीले तोकेको लेवीको बिषयमा पनि छलफल भएको थियो । मुख्य सचेतक राजभण्डारीले छलफलमा संसदहरुले आफुहरुले पाउने सुविधाको कर कटाएर १० प्रतिशत मात्र दिन सक्ने निर्णय गरेको जानकारी दिए ।

नेकपाको कुल ६७ संसद संख्या रहेकोमा बैठकमा ६१ जना संसदहरुको सहभागिता रहेको थियो।जसमा ३३ जना संसदले बोलेका थिए ।संसदले उठाएका जिज्ञासामा मुख्यमन्त्री राईसहित सातै जना मन्त्री मण्डलका सदस्यहरुले जवाफ फर्काएका थिए ।प्रदेश सभा संचिवालयकोे सभा कक्षमा चलेको बैठक विहान ११ बजेदेखि साँझ ८ बजेसम्म चलेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top