तत्काल काममा फर्कन इन्जिनियरहरुलाई पुनर्निर्माण प्राधिकरणको चेतावनी

१२ बैशाख ७६, शुक्रबार

काठमाडौ, बैशाख १३
शक्तिशाली भूकम्प गएको ४ वर्ष पूरा भएकै दिन पुनर्निर्माणमा संलग्न इन्जिनियरहरुले राजीनामा दिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काममा नफर्किए कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

Advertisement

बिहीबार इन्जिनियरहरुले राजीनामा दिएपछि कार्यकारी अधिकृत ज्ञवालीले यस्तो चेतावनी दिएका हुन् । ‘प्राविधिकहरुका मागहरु पूरा भइसकेका छन् । त्यसबारे नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारीहरुको उपस्थितिमा प्राविधिकहरुलाई जानकारी गराएका थियौँ । पछि राजीनामा दिएको भन्ने कुरा आएको छ’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘अब तत्काल काममा नफर्किए कडा कदम चाल्न हामी बाध्य हुनेछौँ ।’

बिहीबार पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका थिए । प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्ने लगायतका मागहरु उनीहरुले राखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top