×

NEPAL TIMES UPDATES

Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026

मिस नेवाःको दोस्रो अडिसन धरानमा सम्पन्न

१४ बैशाख २०७६

विराटनगर, वैशाख १४
मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ । गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए ।

नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको हो । नेवारी संस्कृतिलाई नेपालकै धनी संस्कृतिका रुपमा लिने गरिन्छ । चलचित्र निर्देशक रविन श्रेष्ठ, नेवा एकता समाजका संस्थापक उपाध्यक्ष महेश श्रेष्ठ, नेपाल जेसीजकी महासचिव आयुष्मा शाक्य, मिस पूर्वाञ्चलकी फष्ट रनरअप सिम्रन श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Advertisement
Advertisement

अडिसनमा एक दर्जनभन्दा बढी युवतीहरू प्रतिस्पर्धामा उत्रिएका थिए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो ।

यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । यसपछि इटहरी र दमकमा छनौट चरणका प्रतिस्पर्धा गरिनेछ ।

सबै स्थानबाट छनौट भएर आएकाहरूलाई विराटनगरमा दोस्रो चरणको बन्द प्रशिक्षणमा राखिनेछ । विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो ।

Advertisement
Advertisement

विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए । “दोस्रो चरणको अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धीहरूको उत्साहजनक सहभागिता देखिएको छ,” ताम्राकारले भने, “सहभागी र शुभेच्छुकको उपस्थितिले हामी निकै नै उत्साहित भएका छौं ।”

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top