विराटनगर, वैशाख १५
संघीय समाजबादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट संघीयतालाई पुर्ण कार्यान्वयगर्ने पक्षमा नरहेको आरोप लगाएका छन् ।
संघीय समाजबादी फोरम नेपालको प्रथम राष्ट्रिय एकताको प्रदेश अधिवेशनलाई विराटनगरमा सम्बोधन गदै उनले यस्तो आरोप लगाएका हुन् । उपप्रधानमन्त्री यादवले कांग्रेस र कम्युनिष्टको निति संघीयता नभएको बताउदै पार्टीहरुले विभिन्न चरणमा भएका आन्दोलनका कारण संघीयता स्वीकार गर्न बाध्य भएको दाबी गरे ।
उनले संबिधान बनाउने कांग्रेस र कम्युनिष्टहरुले नै अहिले संविधान काम लाग्ने नरहेको बताउदै हिड्न थालेको दाबी समेत गरे । उनले संघीयताको ढांचा अनुसार प्रदेश सरकार निर्माण गरिएपनि उनिहरुलाई अधिकार सम्पन्न नबनाइएको बताए ।
कांग्रेस र कम्युनिष्ट एकल जातिय मानसिकताको राज्य संचालन प्रणालीबाट बाहिर आउन नसकेका कारण संघीयता प्रभावकारीरुपमा कार्यान्यव हुन नसकेको ठोकुवा गरे । विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजना गरिएको सो पार्टीको प्रदेश अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका पार्टी प्रतिनिधिहरुको सहभागिता थियो । अधिवेशनबाट प्रदेश कार्यसमिति चयनगर्ने सो पार्टीले जनाएको छ ।