×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

वार्षिक सवा तीन अर्बको चिया निर्यात,चिया उद्योगमा ६० हजार प्रत्यक्ष रोजगारी

१५ बैशाख २०७६

काठमाडौँ,बैशाख १५

मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । सोही आवमा मुलकभर २८ हजार ५९५ हेक्टर जमीनमा गरिएको चिया खेतीबाट २४ हजार ८०४ मेट्रिकटन चिया उत्पादन भएको तथ्याङ्क छ ।

साथै आव २०७४/७५ मा रु १२ करोड बराबरको ३७२ मेट्रिकटन चिया आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ । त्यस्तै आव २०७३/७४ मा रु दुई अर्ब ५३ करोड ३८ लाख ८५ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो भने रु नौ करोड १६ लाख ५१ हजार बराबरको चिया आयात भएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए ।

विगत वर्षमा जस्तै यस वर्ष पनि वैशाख १५ गते आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय चिया दिवस मनाइएको छ । यस वर्षको चिया दिवसको सन्दर्भमा ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा चिया उद्योगको विकास र संरक्षण गरौँ’ को मूल नारा तय गरिएको छ ।

पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका साथै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चिया खेतीको विस्तार भइरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार वार्षिक रु दुई करोड ४८ लाख किलोग्राम तयारी चिया उत्पादन भएको देखिन्छ ।

त्यसमध्ये एक करोड ८८ लाख केजी सिटीसी तथा ५९ लाख केजी अर्थोडक्स चियाको उत्पादन भएको बोर्डको तथ्याङ्क छ । कूल क्षेत्रफलमध्ये १३ हजार ९२७ हेक्टरमा साना किसानतर्फको खेती विस्तार भएको छ भने साना चिया किसानको सङ्ख्या करीब १५ हजार १०० पुगेको छ ।

हाल तराईमा ३२ सिटीसी र दुई अर्थोडक्स चिया प्रशोधन केन्द्र सञ्चालनमा छन् भने पहाडमा ३१ ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र सञ्चालनमा रहेको कार्यकारी निर्देशक गौतमले बताउनुभयो ।

चिया उद्योगमा ६० हजार प्रत्यक्ष रोजगारी

पछिल्लो समयमा स्पेसियल टी र ग्रीन टीको माग पूर्ति गर्न १०० भन्दा बढी लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा आएका छन् । चिया उद्योगले करीब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनका लागि निर्देशिका तयार भइसकेको र सोको कार्यान्वयनका लागि काम भइरहेको बोर्डले जनाएको छ । यससँगै नेपाली अर्थोडक्स चियाले ब्राण्ड पहिचान बनाई तेस्रो मुलुकमा निर्यात बढाउन सहयोग पुग्ने छ ।

पछिल्लो समय चिया कृषक आफैँले वा सहकारीअन्तर्गत सानादेखि ठूला चिया प्रशोधन कारखाना स्थापना गर्ने कार्यले अभियानको रूप लिएको छ । यसले विगतमा देखिएको चिया किसान र उद्योगबीच हुने गरेको चियाको हरियोपत्तीको मूल्य विवादको समस्या हल भएको छ ।

नेपाली चियाको पहिचान एवं बजार विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रवद्र्धनात्मक कार्यक्रमका लागि निरन्तरता दिनुपर्ने देखिन्छ । बोर्डले विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत आगामी दिनमा नेपाली चियाको प्रवद्र्धनात्मक कार्यक्रम गर्ने जनाएको छ ।

चिया मजदुरका समस्या यथावत

सरकारले वि.सं २०७५ साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको न्यूनतम पारिश्रमिक दैनिक रु २७८ बाट वृद्धि गरी रु ३८५ निर्धारण गरेको छ । तर चिया उद्योगलाई राज्यको तर्फबाट थप सुविधा नभएसम्म बढेको ज्याला दिन नसक्ने चिया उद्योगीको भनाइ छ ।

अर्कोतिर बढेको ज्याला निःशर्त पाउनुपर्ने भन्दै चिया मजदुर आन्दोलित छन् जसका कारण इलामका केही र झापाका धेरैजसो चिया बगान र कारखाना यतिखेर बन्द छन् । जसकारण वर्षभरकै उत्कृष्ट गुणस्तरको मानिने पहिलो टिपाइ (फस्ट फ्लस) नष्ट भएको र चिया उद्योगलाई दैनिक लाखौँ घाटा भइरहेको बोर्डले जनाएको छ ।– भीष्मराज ओझा/ रासस

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top