म्यानचेस्टर सिटी शीर्षस्थानमा, आर्सनलको लज्जास्पद हार

म्यानचेस्टर सिटी शीर्षस्थानमा, आर्सनलको लज्जास्पद हार

काठमाडौं, वैशाख १६
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बर्नलेलाई १–० ले पराजित गर्दै सिटी तालिकाको शीर्षस्थानमा उक्लिएको हो । अर्को खेलमा आर्सनल लेस्टरको मैदानमा भएको छ ।

बर्नलेको घरेलु मैदानमा भएको खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक बन्यो । उनको प्रहार बर्नलेका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोलको मान्यता दिएको थियो । जितसँगै सिटी लिभरपुललाई धक्का लागेको छ । लिभरपुल पनि लिगको उपाधि होडमा छ ।

अर्को खेलमा लेस्टर सिटीले घरेलु मैदानमा आर्सनललाई ३–० गोलले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा लेस्टरले आर्सनललाई दबाबमा राख्दै ३ गोल गर्यो । जेमी भार्डीले २ र युरी टिलेमान्सले एक गोल गरे ।

अंक तालिकामा सिटी ३६ खेलमा ९२ अंकसहित शीर्ष स्थानमा छ । लिभरपुलको ९१ अंक छ । तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ । चेल्सीले ३५ खेलबाट ६७ अंक जोडेको छ । आर्सनलको ३६ खेलबाट ६६ छ भने म्यानचेस्टर युनाइटेडको ३५ खेलबाट ६४ अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.