बैशाख २१ देखि सेनाले हुरी प्रभावितको घर निर्माण गर्ने

१६ बैशाख ७६, सोमबार
Share this
672shares

बारा, बैशाख १६
बारा–पर्सामा हावाहुरीका कारण क्षतिग्रस्त भएका घरहरु सेनाले बैशाख २१ गतेबाट निर्माणको थालनी गर्ने भएको छ । प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सेनासँगको छलफलपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आँधीले भत्काएको १ हजार ४ सय ५३ वटा घर निर्माण कार्य बैशाख २१ देखि सुरु गर्ने जानकारी दिएका हुन् ।

Advertisement

उनका अनुसार हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटी घर बनाउने कार्य सुरु गरिनेछ । सरकारले हुरीप्रभावित घरहरु निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ प्रदान गरिसकेको छ । गत बैशाख १७ गते राति आएको टोर्नाडो नामक आँधीमा परि २८ जनाको मृत्यु भएको थियो भने पाँच सय भन्दा बढी घाइते भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top