जंगली हात्तीको आक्रमणबाट १३६ जनाको मृत्यु

चितवन, बैशाख १६
पछिल्लो १५ वर्षमा नेपालमा जंगली हात्तीको आक्रमणबाट १ सय ३६ जनाले ज्यान गुमाएका छन् । जंगली हात्ती संरक्षणका लागि निर्माण गर्न लागिएको कार्ययोजनाको सुझाव संकलन गर्न सोमबार चितवनको सौराहामा आयोजित छलफल कार्यक्रममा जंगली हात्तीको आक्रमणबाट १ सय ३६ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जंगली हात्तीको आंतक सबैभन्दा बढी बर्दियामा भएको छ । बर्दियामा १५ वर्षको अवधिमा ३५ जनाले ज्यान गुमाएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले बताए ।

त्यस्तै झापामा २८ जनाले ज्यान गुमाउँदा चितवनमा ११ जनाले जंगली हात्तीको आक्रमणमा ज्यान गुमाएका छन् । सप्तरी र सिरहामा पनि ११–११ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

Advertisement

हात्तीको विषयमा पिएचडी गरिरहेका पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रामका अनुसार उदयपुर, सर्लाही, सुनसरी र रौतहटमा ६, ६ जनाले ज्यान गुमाएका छन् । मोरङमा ४, बारामा ४, धनुषामा ५, कञ्चनपुरमा २, मकवानपुरमा १ जनाले ज्यान गुमाएको रामले बताए ।

नेपालमा २ सय भन्दा वढि जंगली हात्ती रहेको अनुमान छ । बर्दियामा १०२, चितवनमा ४० देखि ४५ ,झापामा १५, शुक्लाफाँटामा १२, कञ्चनपुरमा ४५ वटा जंगली हात्ती रहेको उनले बताए । जंगली जनावरको वासस्थान खण्डीकरण हुनु, अतिक्रमण हुँदा हात्ती र मानवबीच द्वन्द्व भइरहेको राष्ट्रिय प्रकृती संरक्षण कोष काठमाडौंका नरेश सुवेदीले बताए ।

Advertisement

नेपालमा लोपोन्मुख मानिएको जंगली हात्तीको संरक्षणका लागि राष्ट्रिय प्रकृती संरक्षण कोष, निकुञ्ज विभाग, उज्यालो नेपालले समन्वय गरेर कार्ययोजना बनाउँदै छ । सोही कार्ययोजना निर्माणका लागि चितवनमा सरोकारवालाहरुबीच राय सुझाव संकलन गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण भुर्तेलसहित सरोकारावालाहरुले बृहत् रुपमा सचेतनाका कार्यक्रम सञ्चालन गरेर हात्ती संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top