स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी आजै स्वदेश फिर्ता हुँदै

१८ बैशाख ७६, बुधबार
Share this
687shares

काठमाडौं, बैशाख १८
चीनको नौ दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आजै (बुधबार)स्वदेश फर्किने भएकी छिन् । स्वास्थ्यमा समस्या देखा परेपछि उनी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्किने भएकी हुन् ।

Advertisement

स्वास्थ्यमा समस्या देखा परेपछि उहाँ सम्मेलनका कार्य तालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालका अनुसार राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्ने छिन् ।

राष्ट्रपति भण्डारी चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी थिइन् ।

Advertisement

भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले आइतबार ग्रेट हल अफ पिपुल्समा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेटवार्ता गरेकी थिइन् । (न्युज २४ नेपाल बाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top