×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

स्थायी राजधानीको प्रतीक्षामा विराटनगर महानगरपालिका

१८ बैशाख २०७६

विराटनगर, बैशाख १८

अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश हुने र सम्भवतः वैशाख २२ गते प्रदेशको राजधानी र नाम प्रदेशसभाको बैठकबाट घोषणा हुनसक्ने भएकाले नै विराटनगर महानगरपालिका यतिबेला निर्णयको प्रतीक्षामा रहेको छ ।

Advertisement
Advertisement

अस्थायी राजधानीको रुपमा विराटनगर महानगरपालिकाको गर्भमा हुर्किरहँदा केही दिनभित्रै स्थायी राजधानीको रुपमा जन्म लिनेमा स्थानीयवासी ढुक्क देखिन्छन् । यतिखेर सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने धारणा व्यापक रुपमा देखिएको छ ।

पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीअन्तर्गत प्रदेश नं १ को राजधानी बनेको विराटनगर महानगरपालिका नै स्थायी राजधानी बन्नुपर्ने व्यापक तर्क र बहसले अन्तिम रुप लिने अवस्थामा देखिन्छ । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिक विविधता बोकेको विराटनगरमा स्थायी राजधानीका लागि प्रशस्त पूर्वाधार र सम्भावना छन् ।

विराटनगरलाई स्थायी राजधानी बनाउन र राजधानीको नाम किटान गर्न प्रदेशसभाले बृहत् विराट विकास क्षेत्र विधेयक २०७५ पारित गरी प्रदेश प्रमुखबाट प्रमाणीकरण पनि भइसकेकाले प्रदेश सरकारलाई स्थायी राजधानी र नाम घोषणा गर्न बाटो खुलेको छ ।

बृहत विराट विकास क्षेत्रमा अहिले १८ स्थानीय निकाय समावेश गरेकाले पनि विराटनगर नै राजधानी बन्न सक्ने अनुमान धेरैले लगाउन थालेका छन् । बृहत विराट विकास क्षेत्रको अवधारणा र यससँग जोडिएका नगरपालिका र गाउँपालिकामा अवस्थित धार्मिक, पर्यटकीय स्थल एवं ऐतिहासिक महत्वका स्थानको पनि विकास हुने र यसबाट आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।

क्षेत्रअन्तर्गत मोरङ जिल्लामा पर्ने विराटनगर महानगरपालिकामा दुई लाख १४ हजार ६६३, रङ्गेली नगरपालिका ५२ हजार १३, सुन्दरहरैंचा नगरपालिका ५० हजार ५१८, बुढीगङ्गा गाउँपालिका ४१ हजार ५८६, धनपालथान गाउँपालिका ३९ हजार ३९४, जहदा गाउँपालिका ४१ हजार ८१९, कटहरी गाउँपालिका ३९ हजार ७७५, ग्रामथान गाउँपालिका ३२ हजार ७१६ र केराबारी गाउँपालिका ३० हजार ४३१ जनताको बसोबास रहेको छ ।

सुनसरी जिल्लाअन्तर्गत पर्ने इटहरी उपमहानगरपालिका एक लाख ४० हजार ५१७, धरान उपमहानगरपालिका एक लाख ३७ हजार ७०५, इनरुवा नगरपालिका ६३ हजार ५९३, दुहवी नगरपालिका ५६ हजार २६९, वराह नगरपालिका ७७ हजार ४०८, बर्जु गाउँपालिका ३१ हजार १७८, गढी गाउँपालिका ३४ हजार ८५२, रामधुनी नगरपालिका ५१ हजार ७५२ र कोशी गाउँपालिकामा ४३ हजार ६२६ जनसङ्ख्या रहेको छ ।

सुनसरीका धार्मिक स्थल बराह क्षेत्र, चतराधाम, बुर्जुताल, धरानको पीण्डेश्वर, बुढासुब्बा, दन्तकाली, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र र मोरङका धनपालगढी, विराट राजाको दरबार, रङ्गेलीको कालीमन्दिर, सन्सारी माईस्थान, विराटनगरको कालीमन्दिर यस्ता अनेकौँ मठमन्दिर र सीमसार एवं तालतलैयामा विकास भई पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्नेछ ।

आर्थिक, राजनीति, धार्मिक, सामाजिक हिसावले पनि विराटनगर नै राजधानी हुनुपर्ने धेरै कारणहरु रहेको महानगरका प्रमुख भीम पराजुली बताउँछन् । विराटनगर शहर विसं १९७१ मा मोरङको पूर्वी तथा दक्षिणी क्षेत्र रङ्गेलीबाट स्थानान्तर भएर आएको लगभग सय वर्ष पार गरिसकेको छ भने अहिले मुलुककै दोस्रो विकसित शहरको रुपमा चिनिएको छ ।

विराटनगर महानगरपालिकाले हाल विकसित रुप लिँदै ७७ वर्गकिमीमा फैलिएको छ भने यो शहरमा दुई लाख ८० हजार जनसङ्ख्या वसोवास गर्दछन् । कूल १९ वडा रहेको विराटनगर महानगरपालिकामा ४७ हजार ७९८ घरधुरी छन् ।

विराटनगर महानगरपालिका क्षेत्रभित्र सुरक्षाको दृष्टिकोणले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, सशस्त्र गणदेखि अन्य सुरक्षाका निकायहरु सुदृढ रुपमा स्थापित छन् । कुनै समयमा औद्योगिक नगरीको रुपमा परिभाषित विराटनगर पछिल्लो समयमा राजनीतिको राजधानी भन्नुको तात्पर्य यस क्षेत्रबाट पञ्चायतकालमा मातृकाप्रसाद कोइराला, नगेन्द्र रिजाल त्यसपछिका राजनीतिक परिवर्तनसँगसँगै विपी कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल भएका छन् ।

दर्जनौँ मन्त्री र समाजसेवी उत्पादन भएको यो क्षेत्रलाई विकसित गर्न ब्रिटिश सरकारले धरानमा स्थापना गरेको मलाया क्याम्प जान भारतको जोगबनीदेखि विराटनगर हुँदै धरानसम्मको सडक निर्माण गर्नु र अहिले सो बाटो छ लेनमा विकसित हुँदै जानुको अतिरिक्त पूर्व–पश्चिम जोड्ने हुलाकी मार्ग विराटनगरसँग जोडिनु, विराटनगरबाट पूर्वमा झापाको भद्रपुर जान, विराटनगरबाट पूर्व–पश्चिमको महेन्द्र राजमार्गको उर्लाबारी जान र विराटनगरबाट वाइपासको बाटो सोही राजमार्गको विराटचोक जान सुविधा र सुमार्ग भएकाले पनि विराटनगर प्रदेश नं १ को राजधानी हुनुपर्ने आम जनताको धारणा छ ।

हाल क्षेत्रीयस्तरको विमानस्थल, औद्योगिक, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानले पूर्णता दिएको विराटनगर राजधानी हुनलाई कुनै पनि कुराले अवरोध नहुने स्थानीय ज्येष्ठ नागरिक इन्द्रप्रसाद दाहालले बताए । राजधानी र नामकरणको विषयमा राजधानी विराटनगर नै हुनुपर्ने उनको दाबी छ । हिमालबाट बगेर आउने सप्तकोशी नदी प्रदेश नं १ मा झापाबाहेकका सबै जिल्लामा पानी वितरण र भावनासँग जोडिएकाले यो प्रदेशको राजधानीको नाम कोशी हुनुपर्ने दाबी गरे ।

महानगरपालिका प्रमुख पराजुलीले विराटनगर प्रदेशको राजधानी हुनुपर्ने र यसका लागि महानगरपालिकाबाट गरिने सबै किसिमको सहयोग गर्न तयार रहेको प्रतिबद्धता विभिन्न सार्वजनिक समारोहमा व्यक्त गर्दै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवासी विनोद ढकालले सबै सम्भावना बोकेकै कारण अस्थायी रुपमा बनेको प्रदेश नं १ को राजधानी अन्यत्र सार्न नमिल्ने तर्क गर्दै यो प्रदेशको नाम विवादरहित तरिकाले कोशी वा सगरमाथा राख्नुपर्ने धारणा विगतदेखि राख्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले भौतिक पूर्वाधार, राजनीतिक चेतना, आर्थिक क्षेत्र, ऐतिहासिकतासँग जोडिएको विराटनगर नै स्थायी राजधानी हुनुपर्ने भन्दै सामाजिक सद्भाव र एकताका लागि यो प्रदेशको नाम ‘सगरमाथाको देश सगरमाथाको प्रदेश’ भएमा सबैको शीर उच्च हुने र अन्तर्राष्ट्रियस्तरमा पनि चिनारी र पहिचान हुने तर्क राख्छन् ।

Advertisement

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले प्रदेशको राजधानी विराटनगर बनाउन समितिले प्रयोग गर्दै आएको आलिशान भवन प्रदेशसभाको सचिवालय एवं प्रदेशसभा सञ्चालन गर्न सम्पूर्ण रुपमा त्यो भवन हस्तान्तरण गरिसकेका छन् । अहिले प्रदेशसभाको बैठक, सचिवालयको कामकारवाही, विभिन्न राजनीतिक दलका संसदीय दल नेताका कार्यालय, सभामुख तथा उपसभामुखको कार्यालय सञ्चालन भइरहेको छ भने प्रदेशसभाको लागि आवश्यक पर्ने सबै पूर्वाधार जुटाउने र व्यवस्थापन भइरहेको देखिन्छ ।– मोहम्मद सदरुल/ रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top