×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

आईपीएल : चेन्नईसँग दिल्लीको लज्जास्पद हार

१९ बैशाख २०७६

एजेन्सी, बैशाख १९
रविन्द्र जडेजा र इमरान ताहिरले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)बुधबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ । जितसँगै शीर्ष स्थानमा रहेको चेन्नईले शीर्ष दुईमा रहेर क्यालिफायर खेल्ने संभावना बलियो भएको छ ।

चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियममा १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । चेन्नईको घातक बलिङ सामु दिल्लीका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

Advertisement
Advertisement

१२ ओभरको अन्तिम बलमा ऐरलाई रविन्द्र जडेजाले विकेटकीपर महेन्द्रसिंह धोनीबाट स्टम्पिङ आउट गराए । ऐरले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । शिखर धवन १९,अक्षर पटेल ९,ऋषभ पन्त ५,पृथ्वी शाह ४ रनमा आउट भए ।

पहिलो ओभरको पाँचौ बलमानै दिपक चाहरले पृथ्वी शालाई सुरेश रैनाबाट क्याच आउट गराए । छैटौं ओभरको तेस्रो बलमा हरभजन सिंहले धवनलाई बोल्ड आउट गरे । लगत्तै सातौ ओभरको दोस्रो बलमा विकेटकीपर ऋषभ पन्तलाई ताहिरलेनै ड्वेन ब्राभोबाट क्याच आउट गराएपछि दिल्लीको विकेट निरन्तर गुम्न पुगेको थियो । कोलिन इनग्राम १,शेरफेन रदरफोर्ड २,क्रिस मोरिस सुन्य रनमा आउट भए । जगदीश सुचित ६,अमित मिश्रा ८ रनमा आउट भए ।

चेन्नईलाई सहज जित दिलाउन इमरान ताहिरले ३।२ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ३ ओभमा ९ रन खर्चिदै ३,हरभजन सिंह,दिपक चाहरले १ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।चेन्नईका लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । १५ ओभरको पाँचौ बलमा जगदीश सुचितले शिखर धवनबाट क्याच आउट गराउनु अघि रैनाले ३७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी उत्कृष्ट ब्याटिङ गरे । धोनीले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे ।

अन्तिम ओभरमा धोनीले ट्रेन्ट बोल्टलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । ओपनर फाफ डु प्लेसिसले ४१ बलमा २ चौका र छक्का प्रहार गर्दै ३९ रन जोडे । अर्का ओपनर शेन वाटशन शून्यमा पेभिलिएन फर्किए । तल्लोक्रममा रविन्द्र जडेजाले १० बलमा समान २ चौका र छक्का सहित आक्रमक रुपमा २५ रन जोडे । आम्बाती रायडु ५ रनमा अविजित रहे ।

दिल्लीका लागि जगदीश सुचितले २,क्रिस मोरिस र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो । आजको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा बसेका थिए । टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरेको थियो ।

Advertisement

चेन्नई १३ खेलमा ९ मा जित र ४ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली १३ खेलमा ५ मा हार र ८ मा जितका साथ दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top