बैशाख—१९, विराटनगर
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा फेड्रेशन अफ कम्प्युटर एशोसिएट नेपाल मोरङले बिहीबार विराटनगरमा प्रभातफेरी गरेको छ ।
जलजला मोड हुदै सेन्ट्रल मलदेखि महेन्द्र चोकसम्मको प्रभातफेरीमा विभिन्न विद्यालयमा अध्ययनरत कम्प्युटर विषयका विद्यार्थी तथा शिक्षक, विभिन्न प्राविधिक क्षेत्रमा काम गर्ने संघ संस्थाका पधाधिकारीहरु लगायत गरी करिब दुई सय जना भन्दा बढिको सहभागिता रहेको थियो । र्यालीपछि आयोजित कोणसभामा आयोजक संस्थाका संस्थापक अध्यक्ष सन्तोष साहले समाज र राष्ट्रमा सूचना प्रविधिको सचेतना जगाउन र्यालीको आयोजना गरेको बताए ।
नेपालमा सूचना प्रविधि र यस क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण सहयोग रहेको बताउदै साहले सूचना प्रविधिप्रति सवै सचेत हुनु पर्ने बताए ।दिवसका अवसरमा फेड्रेशनले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।