आईपीएल : पन्जाबमाथि कोलकताको सहज जित

२१ बैशाख ७६, शनिबार
Share this
763shares

एजेन्सी, बैशाख २१
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले किंग्स इलाभेन पन्जाबमाथि सहज जित निकालेको छ ।पन्जाबलाई ७ विकेटले हराउँदै कोलकता अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्ले अफको संभावना बलियो बनाएको छ ।

Advertisement

पञ्जावको घरेलु मैदान मोहालीमा १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसका लागि ओपनर शुभमन गिल र क्रिस लिनले उत्कृष्ट ब्याटिङ गरे । युवा खेलाडी गिलले ४९ बलमा ५ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहँदै सहजै खेल जिताए ।

अर्का ओपनर लिनले २२ बलमा ३ छक्का र ५ चौका सहित ४६ रन जोड्दै कोलकतालाई उत्कृष्ट सुरुवात दिलाए । आन्द्रे रसेल २४,रविन उथप्पा २२ रनमा आउट हुँदा दिनेश कार्तिक २१ रनमा अविजित रहे । कार्तिकले ९ बलमा २ चौका र १ छक्का प्रहार गरे । पन्जाबका लागि एन्ड्रयू टाई,मोहम्मद शामी र रविचन्द्र आश्विनले समान १ विकेट लिए ।

Advertisement

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफल सम्म पुर्याउन युवा खेलाडी साम करनले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५५ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन्।

Advertisement

पन्जाबका लागि मिडिल अडरका निकोल्स पुरनले २७ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४८ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै मयंक अग्रवालले २६ बलमा २ चौका र १ छक्का सहित ३६,क्रिस गेल १४, रोकेश राहुल २ रनमा आउट भए । तल्लोक्रमका मन्दीप सिंहले १७ बलमा समान १ चौका र छक्का सहित २५ रनको योगदान दिए । कोलकताका लागि सन्दीप वारियरले २,हेरी गुर्नी,आन्द्रे रसेल र नितेश रानाले समान १ विकेट लिए ।

यो जितसँगै कोलकता १३ खेलमा ६ मा जित र ७ मा हारका साथ पाँचौ स्थानमा उक्लिएको छ । समान खेल र समान नतिजाका साथ हैदरावाद चौथो स्थानमा छ । चेन्नई सपुर किंग्स,मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स क्रमश स् पहिलो,दोस्रो र तेस्रो स्थानमा छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top