आज अक्षय तृतीया,सातु–सर्वत दान गर्ने र खाने दिन

आज अक्षय तृतीया,सातु–सर्वत दान गर्ने र खाने दिन

वैशाख शुक्ल तृतीया सनातन धर्मावलम्बीहरू वैशाख शुक्ल तृतीयामा अक्षय तृतीया मनाउँछन् । यो दिन जौको सातु–सर्वत दान गरेर र आफू पनि खाने परम्परा छ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ ।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ। यो दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती मनाइन्छ । यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणहरूमा उल्लेख छ । गर्मी समय भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ। यस्ता पदार्थ दान गर्दा अक्षय फल पाइने शास्त्रमा बताइएको छ ।

इतिहासपुराणविद् प्रियंवदा काफ्लेका अनुसार पुराणमा अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको उल्लेख छ। ‘त्यसैले यो दिन विवाह गर्न मुहूर्त्त हेरिरहनुपर्दैन भन्ने मान्यता छ । यो दिन अन्य शुभकर्म गर्न पनि साइत हेराइरहनुपर्दैन भन्ने चलन छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.