इरानलाई चेतावनीसहित अमेरिकाद्वारा मध्यपूर्वमा युद्धपोत तैनाथ

अमेरिकाले इरानलाई ‘स्पष्ट र सिधा सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोतसहितको लडाकू पानीजहाज तैनाथ गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भावी दिनमा हुनसक्ने समस्या र तनाव वृद्धिका केही संकेत र चेतावनीपछि युद्धपोत तैनाथ गरिएको बताएका छन् । बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन् । इरानमा रहेका अमेरिकी सुरक्षाकर्मीमाथि हमलाको आशंकाका कारण अमेरिकाले यो कदम चालेको हुनसक्ने बताइएको छ । अमेरिकी सुरक्षा सल्लाहकार बोल्टनले भने अमेरिकाले युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई आफू वा आफ्नो समर्थक राष्ट्रहरूमाथिको कुनै पनि आक्रमणको अवस्थामा दरिलो प्रतिक्रमण गरिने स्पष्ट र सोझो सन्देश दिन परिचालन गरिएको बताए । उनले अमेरिकाले इरानसँग युद्ध नचाहेको तर कुनै पनि आक्रमण भए त्यसको तयारीका लागि युद्धपोत परिचालन गरिएको स्पष्ट पारे । पछिल्लो समयमा अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त बन्दै गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top