×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

२५ बैशाख २०७६

काठमाडौं– पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ ।

कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ । इलामको गोदकदेखि पाँचथरेको फिदिम खण्डको प्रसारण लाइन मङ्गलबार साँझ ५२० बजेबाट सञ्चालनमा आएको आयोजना प्रमुख दीपेन्द्रराज द्धिवेदीले जानकारी दिए । ‘शनिबारदेखि हामीले परीक्षण प्रसारण शुरु गरेका थियौं, गोदक–फिदिम खण्ड मङ्गलबार साँझ ५।२० मा  र दमक– लखनपुर,झापा– फिदिम खण्ड साँझ ६.१० बजे चार्ज गर्न सफल भएका छौं’, उनले भने ।

Advertisement
Advertisement

इलामको सोयाकबाट एउटा लाइन गोदक र अर्को लाइन लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सवस्टेसनमा जोडिएको । कूल ४२.८८ किलोमिटर लम्बाइ भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ टावर रहेका छन् । फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि काबेली करिडोर निर्माण गरिएको हो । सो प्रसारण लाइन सञ्चालनमा आएपछि निजी क्षेत्रका ऊर्जा उद्यमीलाई त्यसले सबैभन्दा बढी फाइदा पुग्नेछ ।

झापाको लखनपुरबाट शुरु भएको कूल ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ । प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो । आयोजनाले निर्माण गर्नुपर्ने कूल २६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटा टावर मात्रै काम बाँकी छ । सो टावरको कामसमेत एकाध दिनभित्रै सम्पन्न हुने आयोजनाले जानकारी दिएको छ ।

लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारणलाइन २०७२ को असोजदेखि सञ्चालनमा आइसकेको छ । सोही खण्डमा सानीमा माई जस्ता आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ । आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सवस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । प्रसारण लाइनको बाटोमापर्ने जग्गाको सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, मार्ग  परिवर्तन गर्नुलगायतका माग राखी इलामको मङ्गलबारे, चमैता, सिद्धिथुम्का पाँचथरको फिदिम जोरसाल क्षेत्रका स्थानीयवासीले प्रसारणलाइन निर्माणमा अवरोध गरेका थिए ।

समस्या समाधानका लागि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ गतवर्ष आफैं आयोजनास्थलमा गई स्थानीयसँग छलफल गरेका थिए । कार्यकारी निर्देशक घिसिङले स्थानीयवासीसँग छलफल गरेपछि समस्या समाधान गर्न तयार भए । अवरोध समेत हट्यो ।

काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४।९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन् । हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ । हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ ।

दुवै आयोजनाबाट उत्पादित विद्युत्  थापाटार सवस्टेसनमा जोडिने छन् । काबेली करिडोर प्रसारणलाइन निर्माण करीब १० वर्षअघि शुरु गरिएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको थियो ।

कूल तीन करोड १० लाख अमेरिकी डलर  लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले प्रसारणलाइन सम्पन्न हुनु आफूहरुका लागि पनि खुशीको विषय भएको बताएको छ ।

Advertisement

इपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले काबेली करिडोर जस्तै अन्य करिडोरको प्रसारणलाइन समेत समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण लाग्नुपर्ने बताए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top