सावित्रा र अनिताको गोलमा सेथुको दोस्रो जित

२५ बैशाख ७६, बिहीबार

एजेन्सी, बैशाख २५
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतले गोल गरेपछि सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको दोस्रो खेलमा बेंगलोर युनाइटेडलाई ३–० ले पराजित गरेको छ ।

सेथुले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सावित्राको गोलमा सुरुवाती अग्रता लिएको थियो । उनले ११ औं मिनेटमा गोल गर्दै लिगमा व्यक्तिगत गोलसंख्या ५ पुर्याइन् । खेलको ४० औं मिनेटमा सन्ध्या रंगनाथनले गोल गर्दै सेथुको अग्रता दोब्बर पारिन् ।

खेलको दोस्रो हाफमा नेपालकै अर्की खेलाडी अनिता बस्नेत पनि मैदान प्रवेश गरेकी थिइन् । उनले ७४ औं मिनेटमा गोल गर्दै सेथुलाई ३(० ले अगाडी बढाइन् । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा सेथु ३–० ले विजयी रहयो ।

Advertisement

लगातार दोस्रो जितसँगै सेथुले अंक तालिकाको शीर्ष स्थानमा पकड बनाएको छ । सेथुले २ खेलमा ६ अंक जोडेको छ । सेथुले अब शुक्रबार हुने खेलमा स्पोट्र्स एकडेमी अफ इन्डिया (एसएआई)को सामना गर्नेछ । (हाम्रो खेलकुद)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top