×

NEPAL TIMES UPDATES

Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026

विधेयक पारित गर्न हतार, राजपत्रमा प्रकाशित गर्न बेवास्ता

२८ बैशाख २०७६

बुटवल, वैशाख २८
पाँच नम्बर प्रदेशसभाबाट हालसम्म ३८ विधेयक पारित भएका छन् । संसदको तेस्रो अधिवेसनसमेत सकिएको छ । तेस्रो अधिवेसनमा मात्रै ८ वटा मात्रै विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भएका छन् ।

तर, प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेका अधिकांश विधेयकले कानुनको मान्यता पाएका छैनन् । अर्थात्, हालसम्म २० वटा विधेयकमात्रै राजपत्रमा प्रकाशित भएका छन् । प्रदेश प्रमुखले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनमा लैजान राजपत्रमा प्रकाशित हुनुपर्छ ।

प्रदेशसभा सचिवालयका अनुसार तेस्रो अधिवेसनमा प्रशासकीय कार्य्विधि (नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ जाँचबुझ आयोग गठन तथा काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश ५ दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी तीनवटा मात्र राजपत्रमा प्रकाशित भए ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन प्रदेशसभाबाट पारित भएको विधेयक प्रक्रियागत रुपमा जाँदा राजपत्रमा प्रकाशन हुन ढिलाइ भएको बताउँछन् । उनी भन्छन्, ‘प्रदेशसभाबाट पारित भएपछि संसोधनको म्याद, प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि मात्र प्रदेशको राजपत्रमा प्रकाशन हुने भएकाले केही ढिलाइ भएको हो । यसमा हामी छिटोभन्दा छिटो गर्ने तयारीमा छौं ।’

प्रदेशसभाको पहिलो अधिवेसन २०७४ माघ २१ गते सुरु भएर २०७५ वैशाख २५ गते सकिएको थियो । जसमा २२ दिन २२ वटा बैठक बसे । यो अवधिमा २० घण्टा २ मिनेट बैठक बसेको छ । यस्तै, दोस्रो अधिवेसन २०७५ वैशाख ३१ गतेबाट सुरु भई २०७५ साउन २४ गते समापन भएको थियो । यो अवधिमा २७ दिनमा २८ वटा बैठक बसे । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीका अनुसार यो अवधिमा ८२ दिनमा ८२ घण्टा ४५ मिनेटको समयमा ८३ वटा बैठक बसी ३८ वटा विधेयक पारित भएका थिए ।

प्रदेशसभामा हालसम्म ४० वटा विधेयक दर्ता भएकोमा ३८ वटा पारित भएका छन् । एउटा विधेयक दर्ता भएर पनि संसदमा टेबल भएन भने एउटा विधेयक फिर्ता भयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत सविना महर्जनका अनुसार हालसम्म २० वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएका छन् । राजपत्रमा प्रकाशित नभएपछि प्रदेशसभाबाट यति कानुन बनिसके भनेर सरकारले सार्वजनिक गर्नुको कुनै अर्थ नहुने स्थानीय राजनीतिज्ञ बताउँछन् ।

चालू खर्च १० करोड, पुँजीगत १ करोड
प्रदेशसभाले यसबीचमा चालू खर्चमा ९ करोड रुपैयाँ सकेको छ । प्रदेशसभाले भौतिक प्रगतितर्फ विषयगत समितिका सभापतिका लागि कार्यालय र बैठक कक्ष बनाउन २७ लाख ५१ हजार ७७६ रुपैयाँ खर्च गरेको छ । यस्तै, संसदीय दलको नेताका लागि कार्यालयमा पर्दा र कार्पेट हाल्नका लागि ५ लाख ९२ हजार २२३ रुपैयाँ खर्च भएको छ ।

पुस्तकालय र संवाद केन्द्र निर्माणका लािग ४ लाख ९७ लाख ४८३ रुपैयाँ, जसमा यूएनडीपी नामक गैरसरकारी संस्थाले समेत सहयोग गरेको छ । यस्तै, संसदीय दलको कार्यालय व्यवस्थापनका लागि १९ लाख ६३ हजार ११५ रुपैयाँ खर्च भएको छ । चैतसम्ममा पारिश्रमिकमा २५ लाख ५२१ रुपैयाँ खर्च भएको छ । हालसम्म चालूतर्फ ९ करोड ८८ लाख १५ हजार २०९ रुपैयाँ खर्च भएको प्रदेशसभा सचिवालयले जानएको छ । पुँजीगततर्फ भने १ करोड १३ लाख ७६ हजार ९८० रुपैयाँमात्र खर्च भएको छ ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top