×

NEPAL TIMES UPDATES

Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026

मुम्बईलाई आईपीएल उपाधि,एक रनले हार्‍यो चेन्नाई

३० बैशाख २०७६

एजेन्सी, बैशाख ३०
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा अन्तिम बलसम्म पुगेको रोमान्चक खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।

चेन्नईलाई जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो तर अन्तिम बलमा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।

Advertisement

चेन्नईलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । लाथिस मलिङ्गाको पहिलो बलमा वाटशनले १ रन लिए । दोस्रो बलमा पनि जडेजाले १ रन लिए । तेस्रो बलमा वाटशनले २ रन बटुले । वाटशनले चौथो बलमा दुई रन लिने क्रममा रन आउट भएपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । पाँचौ बलमा ठाकुरले २ रन लिएपछि अन्तिम बलमा जितको लागि २ रन चाहिएको थियो । अन्तिम बलमा सार्दुल ठाकुर एलबीडब्लू आउट भएपछि मुम्बई १ रनले विजयी हुन सफल भएको हो ।

ओपनर वाटशनले सानदार पाली खेलेपनि जितको लागि पर्याप्त भएन । उनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रन आउट भए । वाटशनले १८ औं ओभरमा क्रुनाल पान्ड्यालाई दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गर्दै कुल २० रन बटुलेपछि चेन्नईको जित सहज बनेको थियो ।

चेन्नईका ओपनर फाफ डु प्लेसिस र शेन वाटशनले पहिलो विकेटका लागि ४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । क्रुनाल पान्ड्याले चौथो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई क्विन्टन डी ककबाट २६ रनमा स्टम्पिङ आउट गराए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दशौं ओभरको दास्रो बलमा राहुल चाहरले सुरेश रैनालाई ८ रनमा एलवी डब्लू आउट गरे । लगतै ११ औं ओभरको तेस्रो बलमा आम्बाती रायडूलाई जसप्रित बुमराहले १ रनमा विकेटकीपर डी ककबाट क्याच आउट गराए । १३ ओभरको चौथो ओभरमा महेन्द्र सिंह धोनी २ रनमा आउट भएपछि चेन्नई संकटमा परेको थियो । चेन्नई जुन समय ८२(४ को कमजोर अवस्थामा पुगेको थियो ।

१६ औं ओभरमा लाथिस मलिङ्गालाई १ छक्का र शेन वाटशनले ३ चौका प्रहार गर्दै २० रन बटुलेपछि चेन्नई पुन खेलमा फर्किएको थियो । ड्वेन ब्राभो १५ रनमा आउट भए । मुम्बईका जसप्रित बुमराहले २, क्रुनाल पान्ड्या, राहुल चाहर र लाथिस मलिङ्गाले समान १ विकेट हात पारे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले २५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४१ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

मुम्बईले राम्रो सुरुवात गरेको थियो । पाँचौ ओभरको पाँचौ बलमा सार्दुल ठाकुरले क्विन्टन डि ककलाई विकेटकीपर महेन्द्रसिंह धोनीबाट क्याच आउट गराउँदा मुम्बईले ४५ रन जोडी सकेको थियो । डी ककले १७ बलमा ४ छक्का सहित २९ बटुले । लगतै छैटौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मालाई दिपक चाहरले महेन्द्र सिंह धोनीबाट क्याच गराउँदै १५ रनमा पेभिलिएन फर्काएपछि चेन्नई खेलमा फर्किएको थियो । १२ औं ओभरको दोस्रो बलमा इमरान ताहिरले सुर्य कुमार यादवलाई १५ रनमा बोल्ड आउट गरे । १३ ओभरको तेस्रो बलमा ठाकुरले आफै क्याच लिदै कुनाल पान्ड्यालाई ७ रनमा पेभिलिएन फर्काए ।

१५ औं ओभरको चौथो बलमा ताहिरले सुरेश रैनाबाट ईशान किसानलाई २३ रनमा क्याच आउट गराएपछि चेन्नई खेलमा पूर्ण रुपमा हाबी देखिएको थियो । उनले २६ बलमा ३ चौका प्रहार गरे । १९ ओभरको दोस्रो बलमा दिपक चाहरले योर्कर बलमा हार्दिक पान्ड्यालाई १६ रनमा एलबी डब्लू आउट गर्दै पेभिलिएन फर्काएपछि मुम्बई विशाल योगफलको संभावना सकिएको थियो ।

Advertisement

चेन्नईका लागि दिपक चाहरले घातक बलिङ गरे । उनले ४ ओभमा १ मेडन सहित २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इमरान ताहिर र सार्दुल ठाकुरको नाममा समान २ विकेट रह्यो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top