प्रतिबन्धित भारतीय रुपैयाँसहित ६ जना पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँसहित ६ जना पक्राउ

प्रतिबन्धित भारतीय रुपैयाँसहित ६ जना नेपाली नागरिक पक्राउ परेका छन् । काठमाण्डौको ठमेलबाट प्रतिबन्धित भारतीय एक हजार र ५ सय दरका १६ लाख रुपैयाँ बराबरको नोटसहित धादिङका शम्भू परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, बाग्लुङका नवीन थापा, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ पक्राउ परेका प्रहरीले जनाएको छ । उनीहरुले ठग्ने मनसायले रकम ओसारपसार गरेको हुन सक्ने महानगरीय प्रहरी परिसर, काठमाण्डौका डीएसपी होबिन्द्र बोगटीले बताउनुभयो । भारतमा प्रतिबन्ध लगाइएका नोटको ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा रकमसहित उनीहरु पक्राउ परेका थिए । थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको पनि उहाँले बताउनुभयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.